निजगढ,बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले जिल्लाको कोल्हबी नगरपालिकामा उपद्रोह मच्याउने जंगली हात्ती नियन्त्रणको माग गर्नुभएको छ ।सांसद मैनालीले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कडेलसंग भेटर बुधवार कोल्हबी क्षेत्रमा आतङ्क मच्याउदै आएको हात्ती नियन्त्रण गरेर शान्ति सुरक्षा र स्थानीयको जिउधनको सुरक्षाको माग गर्नुभएको हो । मैनालीले वन सुरक्षाकर्मी परिचालन गरेर यथाशीघ्र हात्ती नियन्त्रण लिनुपर्ने र शंभावित मानवीय क्षेति रोक्नुपर्ने आग्रह गर्नुभएको छ ।
सांसद मैनालीको आग्रहपछि महानिर्देशक खडकाले तत्काल मातहतका निकायमा फोन गरेर तत्काल हात्ती नियन्त्रण गर्न निर्देशन दिनुभएको थियो ।जंगली हात्तीले सो क्षेत्रका स्थानीयमाथि आक्रमण गर्ने, घर गोठ भत्काउने र किसानले खेतमा लगाएको बाली र घरमा भण्डारण गरेर राखेको अन्नसमेत खाएर नष्ट गर्दैैआएको छ ।करीब तीन महीनादेखि कोल्हबीको हनुमानगंज, झुरझुरे, भलुवाहीखोर, निकास, सपही, बोधवन, जुगवा, ककडी, पर्सौना लगायतका वन क्षेत्रनजिक र आसपासका एक दर्जनभन्दा बढी बस्ती हात्ती, बाघ, चितुवा जस्ता जङ्गली जनावरको त्रास बढेको हो । दिनहुँजसो साँझ पर्ने बित्तिकै जङ्गली हात्ती घरआँगनमा देखिने र आक्रमण गर्ने क्रमसमेत बढेपछि स्थानीयबासीमा त्रास बढेको छ ।
गत सोमवार राति पनि जङ्गली हात्तीले स्थानीय राजु भुजेलको घरआँगनमा राखेको भकारी भत्काएर धान नष्ट गरेको थियो । त्यसैगरी आफ्नो भान्साघर पनि तीन दिनअघि हात्तीले भत्काएको भुजेलले जानकारी दिनुभयो ।
त्यसैगरी, हनुमानगंजका बेनीबहादुर मैनाली, मानबहादुुर भुजेल, उद्धव उप्रेती, बहादुर वाईवा, हरिबहादुर मैनालीलगायत २० जनाभन्दा बढी स्थानीयका घर, भकारी, उखु, केरा, आलु, तोरी, मकैलगायतका बालीनाली नष्ट गरेको पीडितहरूले बताएका छन ।गाउँमा एक महीनादेखि जङ्गली हात्तीको आतङ्क बढेकाले कच्ची र सानो, फुसको, काठेघर हुनेहरू रात परेपछि असुरक्षाका कारण घर छाडेर रातभर सुरक्षित स्थानतर्पm लाग्ने गरेको वडा नम्बर ४ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारीले बताउनुभयो । “सर्वसाधारण हात्ती आतङ्कले रातभरि सुत्न पाएका छैनन । हात्ती बस्तीमा पसेको देख्ने बित्तिकै ज्यान जोगाउन घर नै छोडेर अन्यत्र लाग्ने गरेका छन ।”
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तीन महीनादेखि जङ्गली हात्ती साँझ र रातको समय बस्तीमा पस्दै भण्डारण गरी राखिएका धान, गहुुँ, मकैलगायतका अन्न खाने र घर भत्काउने गर्दै आइरहेको स्थानीयहरू बताउँछन् ।गत असोज २८ गते कोल्हवी नगरपालिका– २ का ६३ वर्षीय हस्तबहादुुर थोकरको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको थियो । केही वर्ष अघिको तथ्याङ्क अनुसार अहिलेसम्म हात्तीले कोल्हबीमा मात्रै छ जना सर्वसाधारणको ज्यान लिएकोे छ । २०६९ मङ्सिर ११ गते कोल्हबी नगरपालिका– २ भलुवाहीखोरमा बस्ने ४५ वर्षीया देवकी आचार्य, ४० वर्षीया शारदा शर्मा, कोल्हवी नगरपालिका– ३ जुगवा बस्ने ७० वर्षीय सुरज चौधरी, २७ वर्षीय सुदर्शन चौधरी र वडा नं ५ बस्ने ४२ वर्षीया असमीदेवी थरुनीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व बेलैमा न्यूनीकरण गर्नेतर्पm सम्बन्धित निकायले उपाय निकाल्न ढिलाइ गर्न नहुने कोल्हबीका नगरप्रमुख रामप्रसाद चौधरीको भनाई छ । कोल्हबी नगरपालिका र छिमेकी पालिकाहरूमा गरी एक दशकमा जङ्गली हात्तीको आक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।डिभिजन वन कार्यालय, बाराका प्रमुख राजिवकुमार झाले जङ्गली हात्तीले विगतका वर्षदेखि नै पटकपटक वन क्षेत्र नजिक र आसपासका बस्तीमा प्रवेश गरी जनधनको क्षति गर्ने गरेको पाइएको बताउनुभयो ।उहाँले अहिले हात्तीले गरेको क्षतिको प्रकृति हेर्दा धपाउनेभन्दा नियन्त्रण गर्नुपर्ने देखिएकोले सम्बन्धित निकाय पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषमा पत्राचार गरी समन्वय गर्ने र बस्तीलाई सुरक्षित गर्ने उपायहरू शुरू गर्न तत्काल मातहतका निकाय वन सुरक्षाकर्मी, निकुञ्जका नेपाली सेना, नगरपालिकालगायतका टोलीले संयुुक्त गस्ती गर्नेगरी समन्वय गरेको बताउनुभयो ।