Students attending SEE special preparation class organized by Kathmandu Metropolitan City

कलैया,बाराको कलैया उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान तथा विद्यालय सञ्चालन सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।नगर प्रमुखको आदेशानुसार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आज एक सूचना जारी गर्दै नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई नयाँ सत्रको तयारीका लागि निर्देशन दिएको हो ।

उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख राजीवकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा वैशाख १६ गतेदेखि नगरका सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्ने उल्लेख छ । यसअघि वैशाख ४ गते शुक्रबार जारी गरिएको सूचनामा वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन हुने उल्लेख गरिएको थियो ।नयाँ सूचना अनुसार शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरुले वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिसक्नुपर्ने छ ।

सोही अवधिभित्र विद्यालयहरूले विद्यार्थी अभिलेखीकरण, वार्षिक कार्यतालिका निर्माण, वार्षिक कार्ययोजना तर्जुमा, शिक्षक क्षमता विकास कार्यक्रम र विद्यालय सुधार योजना निर्माण जस्ता प्राविधिक तथा प्रशासनिक कार्यहरू अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने सूचनामा जनाइएको छ ।

Leave a Reply