बरियारपुर,नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसियाले शिक्षासंगै विद्यार्थीलाई व्यवहारिक ज्ञान पनि दिनु आवश्यक रहेको बताउनुभएको छ । ज्योति पाराडाईज सकेन्डरी बोर्डिङ स्कुल, गन्जभवानिपुरद्वारा गुरुपुर्णिको अवसरमा शनिबार आयोजित फेयर्विल समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै चौरसियाले गुरु र शिक्षकबीचको सम्बन्ध सदाको लागि अमर हुनु पर्नेमा जोड दिनुभयो । व्यवहारिक र जीवनोपयोगी ज्ञानले विद्यार्थीको जीवन सफल हुने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा हरेक वर्ष झै यस वर्ष पनि कक्षा ९ का विद्यार्थीहरुद्वारा कक्षा १० का छात्रछात्रालाई फेयरविल कार्यक्रमको आयोजना गरि सबैलाई मायाको चिनो दिएर बिदाई गरिएको थियो । विद्यालयका अग्रज गुरु देवेन्द्र साहको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा भोला माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन साह, नेपाल राष्ट्रिय जनता माध्यमिक सिसवा महेशपुरका प्रधानाध्यापक राधाकृष्ण यादव, नेपाल पत्रकार महसंघ बाराका सद्स्य नरेश गुप्ता, नेशनल प्याब्सन प्रदेश न २ को सदस्य जियालाल गुप्ता, जयराम जैसवाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक प्रभुलाल कुशवाहले स्वागत मन्तव्य र सुनिल कुशवाहले संचालन गर्नुभएको थियो । सो अवसरमा विद्यालयको छात्रछात्राहरुले सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here