कलैया,नेकपा एमालेको मिसन ग्रासरुट अन्तर्गत बाराको प्रसौनी गाउँपालिकामा पालिकास्तरीय वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।कार्यक्रममा विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा राजनीतिक दलहरुसंग पार्टीको राजनीतिक वैचारिक भिन्नता र कम्युनिष्ट पार्टीको विचारका विषयमा केन्द्रीय सदस्य अरबिन्द सिहले, पार्टी निर्माण सम्बन्धी माकर््सवादी दृष्टिकोण र पार्टी सदस्यहरुका अधिकार, कर्तव्य र कार्यशैलीको विषयमा मधेस प्रदेश कमिटी सदस्य किशोर शर्माले, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको वैचारिक संघर्षका विषयमा प्रदेश कमिटी सदस्य मनोज पौडेलले प्रशिक्षण दिनुभएको थियो ।त्यसैगरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाका विषयमा विनोद जैसवाल र समसामयिक राजनीतिक परिस्थिति र पार्टीको दृष्टिकोणका बारेमा रफिक हवारिले प्रशिक्षण दिनुभएको थियो ।परसौनी गाँउपालिका कमिटीका संयोजक भगवती न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले पनि बोल्नुभएको थियो । प्रभु दासले सन्चालन गरेको कार्यक्रममा अषेश्वर गुप्ताले स्वागत गर्नुभएको थियो ।


















