निजगढ,जेनजी आन्दोलनको नाममा गत भाद्र २४ गते गरिएको आगजनीबाट कार्यालयको सामग्री नष्ट भएपछि सेवा प्रभावित हुदैआएको निजगढ नगरपालिका वडा नम्बर ९ वडा कार्यालयलाई स्थानीय व्यवसायी र समाजेवीहरुले कार्यालयमा आवश्यक सामग्री सहयोग गरेका छन ।

स्थानीय समाजसेवी एंव व्यवसायी राजन श्रेष्ठले कार्यालयलाई एक थान प्रदान गर्नुभएको हो भने सोही वडाका युवा समाजसेवीहरु दिनेश श्रेष्ठ, एकलाल श्रेष्ठ (भक्ते) र ललित श्रेष्ठले संयुक्त रुपमा एक थान डेल कम्प्युटर सहयोग गरेका छन ।
वडा कार्यालयमा आज आयोजित एक कार्यक्रममा व्यसायी श्रेष्ठले वडा अध्यक्ष रामचन्द्र कटुवालसहित वडा सदस्य चित्रप्रसाद चौलागाई, बबिता श्रेष्ठ, इन्द्रकुमारी सुनार र वडा सचिव सोम सिं लामाको उपस्थितिमा १२ हजार मूल्य बराबरको तातो, चिसो र नर्मल पानी निस्कने वातानुकुलित वाटर डिस्पेन्सर हस्तान्तर गर्नुभएको हो ।

कार्यालयमा आउने सेवाग्राहीहरुको सुविधाको लागि वाटर डिस्पेन्सर सहयोग गरेको व्यवसायी श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी दिनेशसहित श्रेष्ठ बन्दुहरुले पनि व्यक्तिगत रकमबाट खरिद गरेको सो कम्प्युटर वडा कार्यालयमा पुगेर मंगलवार संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।गत भाद्र २४ गते जेनजी आन्दोलनकारीको नाममा केही व्यक्तिहरुले कार्यालयका सामग्रीमा आगजनी गरेपछि कार्यालयको सेवा सुचारु पार्न स्थानीय विभिन्न संघसंस्था र व्यक्तिको सहयोग गर्ने क्रम जारी रहेको छ ।

Leave a Reply