सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका विद्यालयहरुमा पुस २४ देखि २६ गतेसम्म जाडो विदा दिइएको छ ।
उपमहानगरपालिका कार्यालयले सोमवार सूचना निकालेर विद्यालयहरुमा जाडो विदा दिएको हो ।उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादको हस्ताक्षरमा जारी सूचनामा कार्यालयको २३ गतेको बैठकको निर्णयानुसार बढदो चिसोको कारण उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयमा तीन दिनसम्म जाडो विदा दिइएको जनाइएको छ ।




















