बिदुर खडका

डुमरवाना,बाराको सिमरामा रहेको एसपिएस बोडिङ्ग स्कुलमा डिस्ट्रिक च्यामपियनशीप स्क्रईबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उद्धाटन पोखरा स्क्राईबलका प्रमुख केशवप्रसाद पराजुली तथा जीतपुरसिमरा नगर शिक्षा अधिकृत हरिस भट्टले गरेका थिए ।

१२ वटा निजी विद्यालयका २४ जना विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा ८ जना विद्यार्थीले उत्कृष्ट अंक हासिल गरेका थिए । प्रतियोगितामा जिल्लाको अर्डिनेटर भोजराज सुबेदी, एनप्याब्शनका नेताहरु रामप्रसाद अधिकारी, बसन्त ढकाल, स्क्राईबल शिक्षक किशोर बाबु श्रेष्ठ,संन्जीब झा लगायतले सहजीकरण गरेका थिए ।

आगामीमंसिर ३ गते नवलपरासीमा हुने नेशनल स्क्राईबल च्याम्पियनशीपको लागि सिमरा क्षेत्रका ८ जना विद्यार्थीहरु छनौट भएका छन ।

Leave a Reply