बिश्व अहिले एक घर जस्तो भएको छ । राम्रो कुराका लागि एका घरको हुनु उत्तम भएपनि खराब कुराले भने एकाघर जस्तो हुदा तनाब दिने रहिछ । बिश्वमा कहाँ के भइरहेको छ क्षणभरमा हामीलाई धेरै जानकारी पनि छ तर तिनै जानकारी पनि सही दिशामा नजादा भने तनाब हुने रहिछ यसैको पछिल्लो उदाहरण हो,अमेरिका इरान लडाई ।

अमेरिका र इरानको लडाईमा नेपाल जस्तो देश अहिले बेस्सरी पिल्सनु परेको छ । नेपालमा अहिले हरेक कुराको भाऊ बढेको छ । सरकार भएर पनि केही गर्न सक्ने अवस्था छैन। हिजो सरकारकै बिरोध गर्नेहरुले आज सरकार चलाइ रहेका छन् तर जनताको भान्छा महँगो हुँदा उनीहरु पनि रमिते बनिरहेका छन् ।
शनिबार एसियाली देश पाकिस्तानले अमेरिका र इरानको यो लडाई अन्त्य गर्ने विषयमा भूमिका निर्वाह गरेको कुरा आयो र अमेरिकी अधिकारी पनि पाकिस्तान आए र इरानी पनि आए । बिश्वको ध्यान त्यत्तिै बढी केन्द्रित भयो किनभने शान्ति बिश्वको आशा हो । मानवता बिश्वको आशा हो । अमेरिका भन्ने देश र त्यहाँको राष्ट्र प्रमुखले मच्चाइ रहेको बर्बरताको त हिसाव नै छैन तैपनि शान्ति होला कि भन्ने झिनो आशा पनि तुषारापात भएको छ ।
अमेरिका र इरानकाबीचको बार्ता असफल भएको खबरहरु बाहिर आउदा नेपाली सहित सबै बिश्वर्लाइ चिन्तत बनाएको छ । अब यो विषयमा अमेरिका नै बढी जिम्मेवार र गम्भीर बन्न आवश्यक छ । जसरी इरानलाई ध्वस्त बनायो, उसैगरी बनाउन जरुरी छ र विश्वमा शान्तिको संदेश प्रवाह गर्न जरुरी छ तर यो विषयमा डोनाल्ड टम्प सजिलै मान्नेवला छैनन् ।
हाम्रो अहिले भान्छा मात्र होइन, खाडी देशमा रहेका नेपालीहरुको ज्यान नै खतरामा छ र लडाइ भने १७ लाख नेपाली युवाहरुको ज्यान जोखिममा पर्नेछ त्यसैले कम्तीमा अब शान्तिको संदेश प्रवाह होस् यसमा भूमिका अब अमेरिकाले नै खेलोस् ।
















