कलैया,बाराको कलैया उपमहानगरपालिका– ६ स्थित प्रादेशिक अस्पताल कलैयामा जेनजी युथ अफ बाराले शनिबार बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।जेनजी युथ अफ बाराको आयोजनामा तथा कलैया उपमहानगरपालिकाको सहयोग र अस्पताल व्यवस्थापन समितिको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । सरसफाइ अभियान सौरभ पाण्डेयको नेतृत्वमा सञ्चालन गरिएको थियो ।

चैत २५ गते गरिएको अनुगमनका क्रममा अस्पताल परिसरमा सरसफाइको समस्या देखिएपछि त्यसलाई सुधार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको अध्यक्ष पाण्डेयले बताउनुभयो । “समाजप्रति जिम्मेवारी बोध गर्दै सरसफाइ गरिएको हो । सक्ने जति योगदान दिनु हाम्रो कर्तव्य हो भन्ने भावनाकासाथ अघि बढेका छौँ,” उहाँले भन्नुभयो ।कार्यक्रममा सौरभ चौगाई, दीपेन्द्र पटेल, सुरज साह, सुरज खनाल, आनन्द गुप्ता, नुर आलम, एजाजुल अन्सारी, सरोज पाण्डे, भोला यादव, प्रशान्त यादव, बलिराम गिरि, रोहाब अन्सारी, शैलेश ठाकुरलगायत युवाहरूको सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा जेनजी युथ अफ बाराका पदाधिकारी तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता थियो ।

Leave a Reply