छिमेकी देश भारतको पाँच दिने राजकीय भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि स्वदेश फर्कदै हुनुहुन्छ र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भोलि नै भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।रविलाई भारतले देखाएको सदासयताका कारण नेपालका प्रधानमन्त्री बालेन शाह पनि भारत भ्रमणमा जान चाहेको जस्तो देखिन्छ र रविलाई स्वागत गरेर भारतले यदि बालेन आउने हो भने त्योभन्दा भव्य स्वागत गर्न तयार छौं भन्ने सन्देश दिएको छ ।

रवि लामिछानेलाई भारतले दिएको स्वागत र सत्कार लोभ लाग्दो भएपनि यो पहिलो भने होइन । रास्वपाका लागि पहिलो भए पनि अरुका लागि भने होइन ।भारत भ्रमणमा जाने नेपालका जो प्रधानमन्त्री भए पनि उसले यस्तै सम्मान र स्वागत गर्छ । तर यो सम्मान भारतको देखाउनका लागि मात्र हो भन्ने कुरा चैं नेपालका शासकहरुले बिर्सिएका हुन्छन् ।

राजकीय सम्मान र स्वागत भएपछि भारतसँग उठाउनु पर्ने कयौं कुरा रविले पनि उठाएको पाइएको छैन तर भ्रमणमा के के कुरा भए पछि थप कुरा खुल्दै जाला तर रविले हिजो आफैले बोलेको कुरा आज पूरा गरे जस्तो देखिदैन ।अब बालेनलाई पनि बोलाएर भारतले देखावटी रुपमा सम्मान गर्ने नै छ । यो पनि ठूलो कुरा होइन । भारतले देखाउने हिसावले गर्ने स्वागतभन्दा उसले नेपालबारेमा बनाउने नीतिको अर्थ धेरै हुने गर्दछ ।कुटनीटिक रुपमा भारतले नेपाललाई सदैव स्वागत गरेको छैन । सम्मान पनि गरेको छैन । हेपेकै छ । भारतको यो नीति यो सरकारको सवालमा पनि लागू हुने देखिन्छ । जसले जे भनेपनि भारतको देखावटी सदासयतामा ठूलो स्वार्थ छ ।

Leave a Reply