कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकाको श्री वनशक्ति प्राथमिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति स्वरुप ‘हाउस ड्रेस’ वितरण गरिएको छ ।राष्ट्रिय प्रकृति संरक्षण कोष एनटिएनसी सौराहाको आर्थिक सहयोग तथा पन्चमुखी उपभोक्ता समितिको सहजीकरणमा जिराभवानी गाउँपालिका वार्ड नम्बर २ को काठमाडौ टोलमा रहेको सो विद्यालयका छात्रछात्रालाई राष्ट्रिय प्रकृति संरक्षण कोष एनटिएनसी सौराहाले पन्चमुखी उपभोक्ता समितिको लागि सुवर्ण बचत तथा ऋण सहकारी संस्था सुवर्णपुरमा खडा गरेको अक्षयकोषको ब्याज रकमबाट सिबिएपिउ÷आरआरटी समितिले गस्तीबापत खाजा खर्च गर्ने भनिएकोमा सिबिएपिउ÷आरआरटीले खाजाको रकमबाट विद्यालयका ९० जना विद्यार्थीहरुलाई टिसर्ट र पाइन्ट वितरण गरेको आरआरटी समितिका संयोजक जितेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा पन्चमुखी उपभोक्ता समितिका अध्यक्ष जयचन्द्र दास, आरआरटीका संयोजक जितेन्द्र यादव, पर्सा राष्ट्रिय निकुञ्जका सिनियर गेम स्काउट सन्जयकुमार यादव, पन्चमुखी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिकाका सचिव बिजयलाल साह, विद्यालयका प्रधानाध्यापक गोबिन्द मिर्दाहा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमोहन साह, विद्यालयका शिक्षक शिक्षिका लगायत स्थानीय अभिभावकहरुको सहभागिता रहेको पन्चमुखी उपभोक्ता समितिका सचिव नन्दलाल यादवले जानकारी दिनुभयो ।
















