वीरगञ्ज,सरकारले पर्साको पोखरिया अस्पतालाई ५० शैयामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ।
संघीय सरकार मन्त्रीपरिषदको बिहीवार बसेको बैठकले पोखरिया अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिनुभयो । पोखरिया अस्पताल हाल १५ शैयामा सञ्चालनमा रहेको छ।पोखरिया अस्पतालको स्तरोन्नति गर्न माग गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले अस्पतालमै गत असोज महिनामा ११ दिनसम्म धर्ना दिएको थियो।

मन्त्रीपरिषद बैठकले पोखरिया अस्पतालाई ५० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले वर्षौँदेखिको प्रयास र जनताको माग सार्थक भएको भन्दै खुसी लागेको प्रतिक्रिया दिनुभएको छ । अस्पतालको स्तरोन्नतिको निर्णयले पोखरियाबासीको लागि मात्र नभएर, मधेस प्रदेशकै स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको र प्रादेशिक अस्पतालको रूपमा अझ विस्तारित सेवा दिन सक्षम हुने विश्वास आफूले लिएको उहाँले बताउनुभएको छ ।यो निर्णय कार्यान्वयन गर्न अहोरात्र लागेका पोखरिया नगरबासी, स्थानीय अगुवा, सामाजिक अभियन्ता तथा राजनीतिक दलप्रति आभार प्रकट गर्दै मन्त्री गुप्ताले मन्त्रिपरिषद्को निर्णयमासहयोग पु¥याउनुभएकोमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूलाई पनि धन्यवाद दिनुभएको छ ।यसअघि मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई प्रादेशीक अस्पतालका रुपमा स्तरोन्नति गर्ने योजना समावेश गरेको भएपनि उक्त निर्णय प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको थिएन।

Leave a Reply