पुष्पराज खतिवडा
मनहर्वा,बारा क्षेत्र नम्बर २ मा बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअघि सीमा नाका बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै बैशाख ८ गते शुक्रवार राती १२ बजेदेखि १० गते आइतबार राती १२ बजेसम्मलाई जिल्लामा पर्ने भारतीय सिमाना बन्द रहेने जनाएको हो ।यस्तै मंगलबार राती १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्ला भरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवनमा समेत रोक लगाइको छ ।बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा बुधवार जारी सूचनामा बारा क्षेत्र नम्बर २ मा पर्ने हुलाकी राजमार्ग लगायत सम्पूण राजमार्गमा ९ गते राती १२ बजेबाट १० गते साँझ ७ बजे सम्मकालागि आवागमन पूर्णरुपमा बन्द गर्ने भनिएको छ ।एम्बुलेन्स, दुध तथा औषधी बोकेका सवारी, खानेपानीका टयाङ्कर, दमकल, दुरसंचार सेवा, शव वहान, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा, कुटनितिक नियोगका सवारी र अनुमति प्राप्त बाहेकका सावारी संचालमा रोक लगाइने भएको छ ।उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दुष्टिगत गरि स्थानीय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको आदेश गरिएको हो ।
















