फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको चुनावमार्फत नेपालको सबैभन्दा ठूलो दल बन्न पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको बारेमा अहिले नेपालमा मात्र होइन विश्वमा एक खालको विश्लेषण भइरहेको देखिन्छ ।छोटो समयमा राजनीतिमा आएको पार्टीको सफलताले सबैलाई आश्चार्यमा पारेको भएपनि नेपालमा लगभग दुई तिहाइ नजिक यो पार्टी पुगेकै हो र अहिलेका लागि यो नै सत्य हो । त्यसैका सभापति रहनुभएका रवि लामिछाने अहिले भारत भ्रमणमा रहनुभएको छ । नियम अनुसार त रविको ठाउँमा प्रधानमन्त्रीको हैसियतले बालेनको भारत भ्रमण हुनुपर्ने थियो ।

तर अहिले पहिलो भ्रमण सभापति रविको भएको छ र रविको भ्रमणलाई कुटनीतिक रुपमा धेरै महत्वपूर्ण रुपमा पनि हेरिएको छ । देशको सबैभन्दा ठूलो पार्टीका प्रमुखको नाताले छिमेकी देश भारतले रबिको मज्जाले स्वागत गरेको देखिन्छ । फेरि नेपाल र भारत दुबै छिमेकी देश भएकाले र नेपाल र भारतको सम्बन्ध बलियो भएकाले पनि नेपालको ठूलो दलको नेतालाई भारतले स्वागत गर्नु सामान्य नै हो । जो ठूलो दल छ, उसका समर्थनले सकारात्मक प्रचार गर्नु पनि ठीकै होला ।
यद्यपि भारतले नेपालको सदैव भलो चाहान्छ कि चाहदैन भन्ने कुरा इतिहाँस पनि साक्षी छ । हालसालै मात्र भारतले नेपालमा नाकाबन्दी लगाएकै थियो अब बालेन र रबि आउदैमा वा उनीहरुलाई रातो कार्पेटमा स्वागत गर्दैमा भारत नेपालप्रति सकारात्मक भइ हालेको भन्न सकिन्न ।फेरि बर्तमान सरकारको भारत सहित अन्य देशसँगको नीति के हुन्छ त्यसमा भर पनि पर्छ । त्यसैले हालका लागि रबिको स्वागत ठीकै भएपनि स्वार्थ के हो त्यसका लागि भने खबरदारीसहित धैर्यता आवश्यक छ ।

















