जनकपुरधाम,मधेस प्रदेश सरकारमा नेकपा एमाले पनि सहभागी हुने भएको छ । एमालेको आकस्मिक प्रवेशसंगै जसपा नेपाल भने सरकारबाट बाहिरिने भएको छ ।शीर्ष नेतृत्वबिच भएको सहमतिको आधारमा एमाले मधेस प्रदेश मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा सहभागी हुन लागेको एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले बताउनुभयो ।
उहाँका अनुसार एमालेबाट आजै एक जनाले विना विभागीय मन्त्रीको शपथ समेत लिनेछन् । एमालेबाट विना विभागीय मन्त्रीमा बाराका मोहम्मद समिर मधेस सरकारमा सहभागी हुन लागेको पूर्वमुख्यमन्त्री समेत रहेका दलका नेता यादवले बताउनुभयो ।
विना विभागीय मन्त्रीको शपथसँगै सरकारका शुक्रबार डाकिएको विश्वासको मतमा एमालेले सहयोग गर्ने भएको छ । एमाले विश्वासको मतको पक्षमा मतदान गर्ने केन्द्रीय नेतृत्वको निर्णय अनुसार सघाउने तयारी गरेको मधेस प्रदेश संसदीय दलले जानकारी दिएको छ ।
जसपा संसदीय दलको नेतामा यादव
निजगढ,मधेश प्रदेश जसपा नेपालले संसदीय दलको नेतामा सरोजकुमार यादवलाई निरन्तरता दिने भएको छ ।जसपा नेपाल र लोसपा नेपाल एकीकरण पश्चात हिजोदेखि दलको नेता चयन गर्न कसरत चलेको थियो । संसदीय दलको नेतामा यादवसहित जितेन्द्र सोनल र लालबाबु राउतले दाबी गर्दैआउनुभएको थियो । तर जसपाले यसअघि पनि जसपा नेपालको संसदीय दलका नेता रहनुभएका यादवलाई नै निरन्तरता दिएको हो ।दुवै दल एकीकरण पश्चात मधेश प्रदेशमा २६ सिटसहित जसपा नेपाल सबभन्दा ठूलो दल बनेको छ । सो पार्टीका दुईजना सांसद हाल निलम्बनमा छन् ।
यसअघि पहिलो दल रहेको नेकपा एमाले अब २४ जना प्रदेश सभा सदस्य सहित दोस्रो र नेपाली कांग्रेस २२ जना प्रदेश सभा सदस्य सहित तेस्रो ठूलो दल रहेको छ ।यस्तै, नेपाली कम्युनिस्ट पार्टी १५ सिटसहित चौथो, जनमत पार्टी १२ सिटिहित पाँचौं दल बनेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एकएक जना प्रदेश सभा सदस्य छन् ।

















