पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ र अब उहाँ दोषी वा निर्दोष भन्ना लागि केही समय कुर्नु पर्दछ ।नेपाली नागरिकता प्रमाणपत्र लिखत किर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि मङ्गलवार पक्राउ पर्नुभएका मेयर सिंहलाई अदालतले अपराह्न धरौटीमा छाड्न आदेश दिएको हो ।

यो हिसावमा वीरगञ्जका मेयरको तत्कालका लागि जीत भएको छ । प्रहरी हिराशतमा नै बस्न पर्ने र पक्राउ परेकै दिन आदेश आउनु त्यो पनि धरौटी राख्नको लागि मेयर सिंहका लागि यो फाइदाको कुरा भयो ।मुख्यत ः पर्सा जिल्ला अदालतले नागरिकता लिखत सम्बन्धी मुद्दामा जेठ १२ गते मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुसार मङ्गलवार बिहान पर्साको ठोरी गाउँपालिका– २ स्थित ठोरी जङ्गल रिसोर्टबाट प्रहरीले उहाँलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको थियो ।

मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासमा मेयर सिंहको बयान लिइएको थियो । बयानपछि भएको थुनछेक बहसपश्चात् अदालतले झुटा विवरण पेस गरी नागरिकता बनाएको कसुरमा १५ हजार रुपैयाँ र लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ गरी कुल ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि मुद्दको अन्तिम किनारा नलाग्दासम्म मेयर आत्तिनुपर्ने अवस्था रहेन । यो प्रकरणमा अहिले नै मेयर दोषी भएको अवस्था पनि होइन । यो प्रारम्भिक सुनुवाइ मात्र हो । यसको अन्तिम बहस र निर्णय हुन केही समय पक्कै लाग्नेछ ।

प्रहरीले पक्राउ गर्ने कुरा थाहा पाएपछि भाग्नुभएका मेयरका लागि अदालतले भने राम्रो निर्णय गरेको छ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको भए निकै तनाब र पीडा हुने थियो होला तर त्यस्तो आदेश आएन ।अदालतप्रति मेयर खुसी भएको पनि देखिन्छ । अब मेयर सिंहको अन्तिम फैसला कहिले आउँछ र कसरी आउँछ त्यसमा नै उहाँको भविष्य अडकिएको छ अहिलेका लागि मेयरको मनोकामना पूरा भएको छ ।

Leave a Reply