निजगढ । निजगढका सामुदायिक वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सामुदायिक वनका पदाधिकारीहरूका लागि आयोजना गरिएको क्षमता अभिवृद्धि सम्बन्धी तालिम आज सम्पन्न गरेको छ ।
डिभिजन वन कार्यालय बाराको आयोजनामा भएको उक्त तालिममा सामुदायिक वन समूहका अध्यक्ष, सचिव तथा अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई आपूर्ति शाखाका वन अधिकृत विनयकुमार साहले वन व्यवस्थापन, संरक्षण, दिगो उपयोग तथा समुदायको सक्रिय भूमिकाबारे प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

कार्यक्रम अन्तर्गत गोष्ठी, अन्तरक्रिया, कोचिङ तथा छलफल जस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो । सहभागीहरूले वन संरक्षणमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे अनुभव आदान–प्रदान गरेका थिए ।
डिभिजन वन कार्यालय बाराका अनुसार यस्ता तालिमहरूले सामुदायिक वनलाई दिगो रूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । साथै, वन संरक्षणप्रति स्थानीय समुदायको सचेतना बढाउन समेत यस्ता कार्यक्रम प्रभावकारी हुने बताइएको छ ।
तालिम रतनपुरी सब डिभिजन वन कार्यालयको समन्वयमा भएको हो । कार्यक्रमको सहजीकरण भने रतनपुरी सव डिभिजन वन कार्यालय प्रमुख कपिलदेवप्रसाद यादवले गर्नुभएको थियो ।गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा भएको सो गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी राय, वडा नम्बर १ को वडा अध्यक्ष सुरेशप्रसाद चौधरी, वडा नम्बर २ को वडा अध्यक्ष जोगिन्द्र साह कलवार, वडा नम्बर ४ को वडा अअध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता पन्नाला साह, वडा नम्बर ५ को वडा सदस्य बिनोद सहनी, वडा नम्बर ६ को कार्यबाहक वडा अध्यक्ष रामेश्वर पंडित, गाउँकार्यालिका सदस्य सगिताकुमारी चौधरी, रेणु देबी जयसवालले सभाको सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।

त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुकेश कुमार मिश्र, योजना अनुगमन शाखा प्रमुख रंजित कुमार, लेखा अधिकृत अजय चौधरीलगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।सो गाउँ सभामा गाउँपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुख, सुरक्षा निकायका प्रमुखहरु र विभिन्न संचार माध्यममा कार्यरत संञ्चारकर्मीहरुको उत्साहजनक उपस्तिति रहेको थियो ।कार्यक्रमको संञ्चालन जिन्सी शाखा प्रमुख महेशकुमार ठाकुरले गर्नुभएको थियो ।

Leave a Reply