निजगढ,लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए २ र डिस्ट्रिक ३२५ एच डिस्ट्रिकमा गभर्नरका लागि दिनेस क्षेष्ठ एकल उम्मेदवार रहेका छन तर लायन्सको विधान अनुसार गभर्नर नियुक्त हुन क्षेष्ठले ५१ प्रतिशत एस भोट भने ल्याउनु पर्ने हुन्छ । उहाँले सो भोट प्राप्त नगरेमा विधान अनुरुप पुनः गभर्नरका निम्ति निर्वाचन प्रक्रिया अघि बढनेछ ।
यस्तै फस्ट भाईस गभर्नर पदको निम्ति निजगढका बिनोदकुमार भारती र काठमाडौंका शम्भुबहादुर थापाबीच प्रतिस्पर्धा हुने भएको छ । सेकेन्ड भाईस गभर्नरको लागि भने डा. रामशरण थपलिया र बिमल हाडाबीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचनमा फस्ट भाईस गभर्नर र सेकेन्ड भाईस गभर्नर मतका आधारमा बिजयी हुनेछन । यसैगरी फस्ट भाईस गभर्नर बिजयी भएका व्यतिm अर्को कार्यकालका निम्ति गभर्नर र सेकेन्ड भाईस गभर्नर बिजयी भएका व्यतिm फस्ट भाईस गभर्नरको एस भोटका निम्ति स्वत चयन हुनेछन ।
लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए २ बाट नयाँ डिस्ट्रिक ३२५ एच डिस्ट्रिक बनेका कारण यो पटक सबै पदका निम्ति निर्वाचन हुन लागेको हो भने त्यसपछिको कार्यकालको निम्ति विधानअनुसार सेकेन्ड भाईस गभर्नरका निम्तिमात्र प्रतिस्पर्धा हुने छ ।