दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिकाको आर्थिक वर्ष २०८२-८३ को लगि हिउँदे गाउँ सभा आज सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा भएको सो गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी राय, वडा नम्बर १ को वडा अध्यक्ष सुरेशप्रसाद चौधरी, वडा नम्बर २ को वडा अध्यक्ष जोगिन्द्र साह कलवार, वडा नम्बर ४ को वडा अअध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता पन्नाला साह, वडा नम्बर ५ को वडा सदस्य बिनोद सहनी, वडा नम्बर ६ को कार्यबाहक वडा अध्यक्ष रामेश्वर पंडित, गाउँकार्यालिका सदस्य सगिताकुमारी चौधरी, रेणु देबी जयसवालले सभाको सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।

त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुकेश कुमार मिश्र, योजना अनुगमन शाखा प्रमुख रंजित कुमार, लेखा अधिकृत अजय चौधरीलगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।सो गाउँ सभामा गाउँपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुख, सुरक्षा निकायका प्रमुखहरु र विभिन्न संचार माध्यममा कार्यरत संञ्चारकर्मीहरुको उत्साहजनक उपस्तिति रहेको थियो ।कार्यक्रमको संञ्चालन जिन्सी शाखा प्रमुख महेशकुमार ठाकुरले गर्नुभएको थियो ।

Leave a Reply