नेपालमा संसदीय इतिहास हेर्दा कयौं संसदहरु पंङ्गु भएका छन् । अथवा काम गर्न नै नसकेर बिघटन भएका छन् ।
जनताका लागि आवश्यक पर्ने काम गर्न नसक्दा सदन पङ्गुु भए र बनाइए पनि । मुख्यतः नीति बन्ने सदनहरु सरकार बनाउने र गिराउने खेलमा लाग्दा पनि सदनको गरिमा रहन सकेन ।

२०४६ सालपछिको सदनको अवस्था हेर्दा पनि सदनमा नागरिकका कुरा कम उठे । जति उठे त्यसको संवोधन हुन सकेन अनि नीति बने तर कार्यान्वयन हुन सकेन अनि झगडा गर्ने र सरकार बनाउने गिराउनेभन्दा अरु काम भएन ।
लोकतन्त्र स्थापनापछि झनै सदन यो खेलमा बढी लाग्यो जसका कारण नागरिकहरुमा वितृष्णा पैदा भयो र जे भएपनि नवयुवामार्फत देशमा विद्रोह भयो । अरु त अरु हिजो सशस्त्र संघर्ष ताका संसद भनेको त खसीको टाउको देखाएर कुकुरको मासु बिक्री गर्ने स्थान हो भनरे संसदको निकै धेरै आलोचना गर्ने माओवादीले समेत यो अवधिमा सदनको स्वाद मच्चाले चाख्यो । जसले देशमा नवायुवाको आन्दोलन गराउन मद्दत गरेकै हो ।

Leave a Reply