खासगरी केही महिनाअघि जसरी एकलौटी रुपमा भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो मुलुकको नक्सामा बनाउँदा नेपाललाई सोधेन, त्यसरी नै हामीले पनि एकलौटी रुपमा नक्सा तयार पारेर सार्वजनिक ग¥यौं, यसमा कसैले पनि भारतीय सरकारलाई उचाल्ने काम नगरेहुन्छ ।नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध छ भन्ने, अनि नेपालसँग उसले आफ्नो प्रामाणिक आधारसहित भूमिका सम्बन्धमा आवाज उठाउँदा नेपाललाई दुश्मन देख्ने भारतीय मिडियाको प्रवृत्ति नसुध्रिने हो भने दुई मुलुकको जनस्तरको सम्बन्ध इतिहासको विषयमा सीमित नरहला भन्न सकिन्न ।
नेपालमा इतिहासदेखि वर्तमानसम्म शासकहरुबाट कमजोरी भएका छन् । १८१६ को सुगौली सन्धिले प्रष्ट तोकेको नक्सा बीचमा शासक–प्रशासकहरुको अपराधका कारण अन्यथा हुन गएको हो । २०३२ सालमा हामी आफैले मुलुकको नक्सा बनाउँदासमेत लिम्पियाधुरासम्म पुग्न नसक्नु दुर्भाग्यपूर्ण छ । त्यसयताका चार दशक केबल सिंहदरबारको चक्कर काटेर बिताउनु अर्को बिडम्बना ।तर, यीआदि हाम्रा कमजोरी भएपनि हामीसँग सो भूमि हाम्रै भएका बलिया प्रमाण छन् ।
भूमिपति र जनपति भारतले छिमेकी शुभचिन्तक नेपाल र नेपालीप्रति सद्भाव राख्नुपर्छ, थोरै भूभागका लागि तीन करोड नेपालका नेपाली र अर्को झण्डै त्यत्तिनै परिमाणमा संसारमा छरिएका नेपालीको चित्त दुखाउने काम गर्नुहुन्न ।