कोल्हबी,बाराको कोल्हवी नगरपालिका– ४ बगेवाकी ३२ वर्षीया चन्द्रकला चौधरीको सर्पदंशबाट मृत्यु भएको छ ।
बिहीबार दिउँसो सर्पले टोकेपछि उपचारका लागि तत्कालै कोल्हबीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो । तर चिकित्सकहरूले सर्प विषालु नभएको भन्दै अन्यत्र अस्पतालमा लैजान आवश्यक नरहेको बताए । आफन्तका अनुसार अवस्था सुधार नभई गम्भीर बन्दै गएपछि मात्र चौधरीलाई निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गरिएको थियो ।

निजगढ अस्पतालमा पनि उपचार सम्भव नभएपछि उनलाई वीरगञ्जको नारायणी अस्पताल पु¥याइएको थियो तर त्यहाँ पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।उपचारमा लापरबाही भएको आरोप लगाउँदै मृतकका आफन्तले कोल्हबी प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका थिए । यस क्रममा स्वास्थ्य केन्द्रको अवस्था केही समय तनावग्रस्त बनेको थियो ।

Leave a Reply