कलैया,जिल्ला प्रहरी कार्यालय बारा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको २८ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय बारा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका र कानून विपरीत रहेको पाइएका भारतीय नम्बर प्लेट भएका २८ वटा मोटरसाईकल जिल्लाको बिभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिएको थियो ।नियन्त्रणमा लिईएको मोटरसाईकलको अन्दाजी २५ लाख मूल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलीपकुमार थापाले जानकारी दिनुभयो ।
















