पथलैया,ट्रक र जीप ठोक्किदा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित बालगंगा पुल नजिकै मंगलवार राति एक जना जीप चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीपका चालक कलैया उपमहानगरपालिका वडा नम्बर १५ बकुल्हरका २५ वर्षिय अजय सहनी रहेका छन् । उनको घटना स्थलमा नैं मृत्यु भएको प्रहरीले जनाएको छ । राति पौने १० बजेको समयमा लु.२.ख.१९४२ नम्बरको ट्रक र ना.५.च.२८७३ नम्बरको जीप पुल नजिकै सडकमा एकआपसमा ठोक्किएका थिए । दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जानकारी दिएको छ ।

 

Leave a Reply