गएको हप्ता प्रतिपक्ष दल नेकपा एमाले सहितले सदन अवरुद्ध गरे । प्रधानमन्त्री प्रचण्डले भारत परस्त कुरा गरेपछि भन्दै त्यसको विरोधमा विपक्षीले सदन अवरुद्ध गरे र जुन दिन सदन अवरुद्ध गरे त्यो दिन सदनबाट मिटरब्याजी सम्बन्धी बिद्ययक पारित गर्ने तयारी पनि थियो । अलिक वर्ष अगाडिसम्म केवल कही कतै सुनिएको मात्रै थियो मिटरब्याज तर आजकल यो ब्यापक रुपमा सुनिएको छ । यसको ब्यापक रुपमा चर्चा मात्रै भएन काठमाडौं लगायत देशका विभिन्न भागमा मिटरब्याज पीडितको नाममा प्रदर्शन पनि हुदैआएको छ ।सरकारले यिनीहरुका लागि भन्दै विधयक ल्याउने तयारी पनि गरेको थियो तर सदन अवरुद्ध भएकाले विधयक पारित भएन तर यो संयोग मात्रै हो । मिटरब्याजीको कुरा गर्ने हो भने माओवादीमा हुदै नभएको र अरु दलमा भएको भन्ने कुरामा पनि सत्यता छैन । माओवादीमा पनि छन् । एक त मिटर ब्याज भनेको कानुनतः अपराध भएपनि जवरजस्ति थमाइने भने रकम होइन ।इच्छा वा स्वार्थले रकम लिने अनि ब्याज नतिरेपछि त्यो यसैपनि बढ्ने नै भयो । फेरि किन मिटर ब्याजमा कसैले रकम लिन पर्यो त अखिर यो प्रश्न पनि त उठ्ने गरेकै छ । त्यसैले मिटरब्याजको नाउमा अहिले रिसिभी साध्ने गज्जबको हतियार बनेकाले पनि यो विधयक अहिले सदनबाट पारित नभएकै ठीक छ ।

Leave a Reply