राजन कुमार बानिया
पोखरिया – नेपाल कम्युनिष्ट पार्टी छिपहरमाई गाउँपालिका ईकाई कमिटीले वृहत्त पार्टी प्रवेश कार्यक्रम पर्साको छिपहरमाई गाउँपालिकाको वार्ड नं ३ जयमंगलापुरमा बुधबार समपन भएको छ । आयोजित बृहत पार्टी प्रबेश कार्यक्रमका प्रमुख अतिथि नेकपाका सचिवालय समिति जिल्ला सचिव बिजय महतो थारुले कार्यक्रमको उदघाटन गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि महतोले नेपाल सरकारले शिक्षा, स्वास्थ्य, कृषिलाई अगाडी बढाएर मुलुकको चौतर्फी विकास गर्न अहोरात्र लागि परेको भन्नु भयो ।
साथै देशमा देखिएको भ्रष्टाचारलाई निर्मूल छिट्टै पार्ने कुरा प्रमुख अतिथि महतोले बताए । कार्यक्रमको विशिष्ट अतिथि जिल्ला सदस्य रहनु भएका योगेन्द्र साहले भने छिपहरमाई गाउँपालिका पहिला दुर्गम क्षेत्रमा अब बिकासको गंगा बहेपछी सुगम बनिसकेको छ । गाउँपालिकाका जनताहरुले दक्क्ष ,ईमानदार र जुझारु युवा बिकास प्रमी मनोज गुप्ता लाई आफ्नो गाउँपालिका अध्यक्षमा चुन्नु भएकोमा अध्यक्ष र जनताहरुलाई बधाई समेत दिनुको साथै नवपबेशीहरुलाई शुभकामना समेत दिनु भएको थियो ।
कार्यक्रममा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले भने गाउँपालिकामा प्रतेक घर परिवारलाई रोजगार दिने प्रतिबधाता ब्यक्त गरेको थियो । आउने दिनमा प्रतेक घर पकी हुने बताए । नेपालको पहिलो गाउँपालिका हो जुन दुई लाखको छाेरी शिक्षा बिमा ल्याएकोमा प्रदेश सरकारले तिन लाखको बिमा लिएर आएको थियो । छिपहरमाई गाउँपालिकामा अब ६ लाखको बिमा लिएर आउने बताए । अब छिपहरमाई गाउँपालिकामा जन्मिने छोरीहरुलाई गाउँपालिकाले ६ लाखको बिमा लिएर आउने बताए ।
गाउँपालिकामा दुई वटा उच्च शिक्षा संचालनमा रहेको छ । अहिले ईन्जिनियरिंगको पढाई भईरहेको छ यस क्षेत्रका बिधार्थीहरुलाई ईन्जिनियर बन्न बाहिर जानु पर्दैन अब आफ्नै ठाउमा पढन सकिने बताए । यो आर्थिक वर्षमा कन्या माध्यमिक बिधालय संचालन गर्ने प्रतिबधाता गरे । यो क्षेत्रमा प्रतेक वार्डमा बर्थिंग सेन्टर र एमबिबिएस रहने गरि स्वास्थ्य केन्द्र स्थापना गराृने प्रतिबद्धता गरेका छन् । छिपहरमाई गाउँपालिकाको जनताहरुको दुख सुखमा सधै साथहेको छु ।
स्मरण रहोस्, विगत १५ वर्षसम्म जनप्रतिनिधि बिहीन रहेको स्थानीय निकायमा आउने बिकास बजेटलाई कागजमा सिध्याउने प्रचलनलाई गतिलो झापड हानेर विकास निर्माणको कार्यलाई द्रुत गतिमा अगडी बढाएर जिल्लामैं उदाहरणीय गाउपालिकाको रुपमा स्थापित गराएका छु । यदि मेरो बिपक्षीले बदनाम गर्न खोजनेलाई जनताहरुले प्रतिकार गरिने बताए । छिपहरमाई गाउपालिकामा भईरहेको बिकास निर्माणकार्यलाई यदि देश भरका स्थानीय निकायले अनुशरण गर्ने हो भने आगामी पाँच वर्ष मैं नेपालको नमूना गाउँपालिका बन्ने निश्चित छ ।
पार्टी प्रबेश कार्यक्रममा मिर्जापुरका गाबिस उपाध्यक्ष रामेश्वर साह लगायतको टोलीले राजपा प्रत्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन् । भिस्वावाट रामबली जयस्वाल जयस्वाल समेत सयौको संख्यामा नेपाली कांग्रेस छोडेर नेकपामा पार्टी प्रबेश गरेका छन् । टिहुकीका ध्रुव साह, मुमताज मिँया लयागतले समाजबादी पार्टी छोडी नेकपामा प्रबेश गरेका छन् । तुलसीबर्वा हरिसुन्द्र सहनी नेपाली कांग्रेस समेतको पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेस ,समाजबादी पार्टी ,राजपा नेपाल प्रच्याग गरि तिन सय भन्दा बढीले नेकपामा प्रबेश गरेका छन् । यसैबीच कुस्ती खेलाडी तिन जनालाई नगद समेत सम्कानित गरेको थियो ।
कार्य वार्डअधयक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न भएको थियोे । कार्यक्रममा नेकपाका जिल्ला सदस्य मदिस मियाँ , जिल्ला समन्वय समिति सदस्य सबास साह, तुलसीबर्वाका एकबाल गद्दी, चरगाहाका प्रहलाद गुप्ता, भिष्वाका मौजिलाल साह लगाएतको सहभागिता रहेको थियो ।