वर्तमान बलेन सरकारले एकपछि अर्को महत्वपूर्ण निर्णय गर्ने क्रममा आइतबार अर्को महत्वपूर्ण निर्णय गरेको छ र यसले नेपालमा एक तरंग नै उत्पन्न भएको छ ।
तत्कालिन केपी शर्मा ओलीको सरकारले २०७७ सालतिर पनि नेपालमा हप्ताको पाँच दिन काम गर्ने र दुई दिन बिदा दिने कुरा गरेको थियो तर त्यो प्रभावकारी कार्यान्वयन हुन सकेन अब यो सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिने निर्णय गरेको छ । विद्यालय र सरकारी कार्यालयहरुमा यो नियम लगाइदैछ तर यो नियमले कतिको काम गर्छ भन्ने कुरा महत्वपूर्ण हो । निर्णय त भयो तर कार्यान्वयन पनि होला तर यसले असर कस्तो पर्ला भन्ने हो ।

जेनजीहरुको सरकार भएकाले रफ्तार राम्रो छ सरकारको भनौं । बिहान ९ देखि बेलुका ५ बजेसम्म सरकारी कार्यालय खु्ला गर्ने सरकारको कुरा छ । यसमा शुक्रबारको कुरा स्पष्ट छैन । श्ुुक्रबार ३ बजेसम्म हो कि ५ बजेसम्म नै हो यो विषयमा सरकारले स्पष्ट पार्न जरुरी छ अनि सेवा प्रवाह जस्तो कुरा नागरिकहरु शुक्रबारदेखि सोमबारसम्म कुर्न पर्छ कि ? यदि शुक्रबार काम नभए त सोमबार पुग्ने भयो । यसले समस्या गर्न सक्छ ।
फेरि विद्यार्थीहरुमा विचलन आउँछ कि । शनिबार र आइतबार दुबैतिर बिदा हुँदा विद्यार्थीहरुमा पढाइप्रतिको चाह कम होला कि भन्ने पनि देखिन्छ ।

त्यसैले निर्णय लोकप्रियताका लागि भन्दा पनि प्रभावकारिताका लागि गर्दा उचित हुने हो तर सरकारले के आधारमा गरेको छ त्यसको स्पष्ट कारण थाहा छैन । इन्धनको मुल्य त बाहना बनाइएको होला सायद सरकार यो बाटोमा यसैपनि हिँड्न चाहेको कुरा पहिला नै सार्वजनिक भएको थियो अब हेरौं अब यो निर्णय कतिको टिकाऊ हुनेछ ।

Leave a Reply