राजन कुमार बानिया
पोखरिया,प्रदेश नम्बर २ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ स्थित निचुटाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत ४४ जना छात्रालाई बुधबार साइकल वितरण गरिएको छ ।
भारतीय महावाणिज्य दुताबास वीरगन्जका वाणिज्यदुत शैलेन्द्रकुमार ज्यूको प्रमुख आतिथ्य एवं जसपा नेपालका प्रदेश सदस्य दिपक यादवको विशेष पहलमा कक्षा ८ मा अध्ययन गर्ने छात्राहरुलाई साईकल वितरण गरिएको स्थानीय युवा नेता शिवकुमार साहले बताएउनुभयो ।
विद्यालयका प्रधानाध्यापक श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपाल संघीय परिषद सदस्य सलाउदिन अहमद, मुस्लिम फोरम केन्द्रीय अध्यक्ष नुरुलहोदा अन्सारी, प्रदेश सदस्य दिपक यादव, क्षेत्रीय अध्यक्ष नगेन्द्र यादव, युवा नेता शिवकुमार साह, किसान संघका अध्यक्ष असर्फी साह, स्थानीय नेता रसिद मिया, भिखारी देवान, दिनेश यादव, महिन्द्र साह, मैनोदिन अन्सारी, मधुकान्त चौधरी, अमरनाथ सिंह राठोर, वडा सदस्य सलमा खातुन, स्थानीय पत्रकार प्रमोद यादव, सुरक्षाकर्मी, विद्यालयका शिक्षक, विद्यार्थी एवं स्थानीय बासिन्दाहरुको पनि उपस्थिति रहेको थियो ।