सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरीको लागि विभिन्न पदमा पुनः दरखास्त आह्वान गरेको छ । उपमहानगरपालिकाले १ जना नगर प्रहरी निरीक्षकसहित सहायक निरीक्षक २, जवान २२ जना र हलुका सवारी चालक पदकालागि १ जनाको माग गरिएको छ ।

जवान पदका लागि समावेशी प्रावधान अन्तर्गत खुला १३, महिला ३, आदिवासी र जनजाति ३, मधेसी २ र दलित १ जनाको लागि छुट्ट्याइएको छ । नगर प्रहरी ऐन २०७९ को दफा १० अनुसार नगर प्रहरी निरीक्षक पदमा स्नातक तह वा सो सरहको योग्यता तोकिएको छ । यसैगरी सहायक निरीक्षक पदका लागि न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको योग्यता आवश्यक छ भने जवान पदका लागि १० कक्षा पास वा सो सरहको योग्यता तोकिएको छ ।

नगर प्रहरी निरीक्षक पदका लागि २१ देखि ३० वर्ष उमेरका व्यक्तिले आवेदन दिन सक्नेछन् । सुरक्षा निकायमा कार्यरत वा अवकाश प्राप्त व्यक्तिका लागि उमेर सीमा ४५ वर्षसम्म बढाइएको छ । यसैगरी सहायक निरीक्षक पदका लागि १८ देखि २८ वर्ष उमेरका नागरिकले आवेदन दिन सक्नेछन् भने सुरक्षा निकायमा कार्यरत वा अवकाश प्राप्त व्यक्तिका लागि उमेर सीमा ४३ वर्षसम्म छ ।जवान पदका लागि १८ देखि २५ वर्ष उमेरका व्यक्तिले आवेदन दिन सक्नेछन् । सुरक्षा निकायका अनुभवी आवेदकका लागि ४१ वर्षसम्मको उमेर सीमा तोकिएको छ ।

Leave a Reply