बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूको मनपरीमा अंकुश लगाउँदै हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन नगर्न कडा निर्देशन जारी गरेको कुरा आएको छ ।

नगर कार्यपालिकाको कार्यालयबाट औपचारिक पत्र जारी गर्दै उपमहानगरले अबदेखि पूर्व स्वीकृति बिना कुनै पनि संस्थागत विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने स्पष्ट पारेको भन्ने खबरहरु सार्वजनिक भएका छन् ।यसो हो भने यो स्थानीय तहको निकै राम्रो कामको रुपमा यसलाई लिन सकिन्छ । पछिल्ला वर्षहरूमा विद्यालयहरूले बारम्बार पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमाथि अनावश्यक आर्थिक भार पक्कै परिरहेको छ ।
पढाउने विषय खासै फरक हुन्न । केही पुस्तक नयाँ चाहिएला, नयाँ कुराको हिसावले पनि त सबै पुस्तक नयाँ आवश्यक छैन एउटै विषयका पुस्तकहरू वर्षेनि फेरिने प्रवृत्तिका कारण पुराना पुस्तक पुनः प्रयोग गर्न नसकिने अवस्था बनेको र यसले विशेष गरी मध्यम तथा न्यून आय भएका परिवारलाई थप मार परेको हो र यसमा उपमहानगरपालिका गम्भीर बन्नु आफैमा सकारात्मक कुरा हो ।

नगर प्रमुख राजन पौडेलको निर्देशनमा लागू गरिएको यो व्यवस्था अनुसार अब पाठ्यक्रम परिवर्तन वा अन्य अपरिहार्य कारणबाहेक पुस्तक परिवर्तन गर्न पाइने छैन । यदि परिवर्तन आवश्यक परेमा त्यसको ठोस कारणसहित उपमहानगरपालिकाबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ ।

निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा महाशाखामार्फत नियमित अनुगमनलाई तीव्र बनाउन आवश्यक छ । अब नयाँ शैक्षिक सत्र नजिक आउदैछ । यसैमा कत्ति बिद्यालयहरुले अभिभावकहरुलाई ठग्ने साधन पनि बनाएको पाइन्छ । जीतपुर उपमहानगरपालिकाले गरेको यो निर्णय जिल्लाका अन्य पालिकाका र अन्य स्थानीय तहले पनि अनुशरण गर्न आवश्यक छ ।

 

Leave a Reply