मुलुक अहिले संघीय संरचनामा छ । यो संचरनामा भएपनि काम गर्ने भनेको कर्मचारीहरुले नै हो । केही स्थानमा छाडेर अन्य क्षेत्रको कुरा गर्ने हो भने कर्मचारी मुख्य पात्रको रुपमा रहेका छन् । जनप्रतिनिधिहरु भएपनि कर्मचारीबिनाको जनप्रतिनिधिले सिन्को समेत भाँच्न नसक्ने कुरा स्पष्ट नै छ । जुन स्थानमा जनप्रतिनिधि र कर्मचारीकाबीचमा हार्दिकता हुन्छ त्यही स्थानमा विकास बढी हुन्छ ।

कडा मेहनेत गरेर, रातदिन नभनी दुःख गरेर नै कुनै व्यक्ति कर्मचारी हुने हो त्यसैले पनि कर्मचारीहरुको पनि समाजमा उत्तिकै सान र मान हुन्छ । यो बिषयमा पनि जनप्रतिनिधिहरुले सहज रुपमा बुझ्न आवश्यक छ । जहाँ जनप्रतिनिधि र कर्मचारीबीच टकराव हुन्छ त्यहाँ विकास संभव छैन ।

बाराको सिम्रौनगढ क्षेत्रमा पनि यस्तै भएको छ । कर्मचारीले पनि आफ्नो मर्यादा बुझ्न आवश्यक छ । उनीहरुले आफ्नो कुरा बुझ्न सकेनन् भने पनि समस्या सृजना हुन्छ अनि दलहरुले पनि कर्मचारीको भावनाको संवोधन गर्न आवश्यक छ । त्यसैले पनि समस्या भए हल गरौं, समाधानको बाटोमा लागौं तर दुव्र्यवहार भने नगरौं ।

 

Leave a Reply