??????

पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिकाको ट्रीपरलाई अवैध सालको चिरान काठ लोड गरेर लैजादै गरेको अवस्थामा शनिबार राति प्रहरीले चालकसहति नियन्त्रणमा लिएको छ । उपमहानगरपालिकाको ना १ ग ७६२ नम्बरको ट्रीपर करिव १३ क्युफिट सालको चिरानकाठ सहित सशस्त्र प्रहरी वलले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नम्बर ४० रिजर्भ गण पिलुवाले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा १३ थान सालको चिरान काठ सहित चाल सुनिल चौधरीलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिए लगत्तै सशस्त्र प्रहरीले डिभिजन वन कार्यालय, बारालाई गाडि, काठ र चालकलाई राति नै बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार जिल्लाकै टांगियाबस्तीबाट काठ लोड गरिएको थियो । ‘काठ जीतपुर लैजान खोजिएको बुझ्न आएको छ, हामीले गाडी काठ र चालकलाई आइतबार डिभिजन वन कार्यालय बारालाई बुझायौं ।’ सशस्त्र प्रहरीका प्रवक्ता राजकुमार कंडेलले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय बाराका प्रमुख मनजुर अहमदले काठ सहित सरकारी गाडी र चालक पक्राउ परेको बताउनुभयो । घटनामा ककसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान भैरहेको छ । घटनाको अनुसन्धान गर्न डिभिजन वन कार्यालयका अधिकृतको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको छ । उहाँहरुले दिने प्रतिवेदनका आधारमा कारबाही प्रकृया अघि बढाइने अहमदले बताउनुभयो ।

Leave a Reply