काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहले मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री शाहले प्रदेशअनुसार प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेट्दै आउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा मधेशबाट निर्वाचित मातृका यादवबाहेक सबै सांसद उपस्थित थिए । ३० जना सांसद उपस्थित भएकोमा एक जना कांग्रेसबाट र अरू सबै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुन् ।छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिनुभएको थियो । जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागी सांसद मनिष झाले जानकारी दिनुभयो ।
यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेटघाट गरिसक्नुभएको छ ।

Leave a Reply