नेपालका कम्यूनिष्टहरुको कुरा गर्ला अहिले गल्ली पिच्छे कम्यूनिष्ट पार्टी र तिनका कार्यकर्ताहरु छन् । सरकारको नेतृत्व गर्नेपनि कम्यूनिष्ट,प्रतिपक्षपनि कम्यूनिष्ट अनि बेला बेलामा क्रान्तिकारी कुरा गर्ने साना अन्य त छ दै छन् ।२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको कम्युनिष्ट नेपालका लागि भजाउने बाटो बनेको छ । कम्यूनिष्टको नाउमा नेपालमा केके चैं भएनन र ? एक थरीले झापा काण्ड भन्दै केहीको हत्या गरे अर्कोथरीले देशभर युद्ध गरे देशको भौतिक र मानवीय क्षति यत्ति गरे कि हिसाव नै छैन ।

फेरि यिनै कम्यूनिष्टहरु सत्तामा पुगे तर जनतामा कम्युनिष्ट शासन मनमोहन अधिकारी बाहेकका सरकारले दिएका छैनन । माओवादी कम्यूनिष्टको नाउको सबैभन्दा ठुलो कलंक बन्यो भने एमाले पहिला नै कलंक बनेकै हो । एमालेभन्दा हामी ठीक भनेर युद्ध गरेको माओवादीले झन देश छोटो समयमा बिगारो । नेपालमा नाम मात्रका यी कम्युनिष्टरुले आज पुष्पलालको संझना गर्छन।
उहाँले लिएको नीतिको पनि अनुशरण गरेको ध्वाँस लगाउछन तर यिनीहरुले पुष्पलालको वास्तवमा बेइज्जति गरेका छन । नेपालमा हुनत अहिले कम्युनिष्टको असली शासन संभव त छैन तर सबै कम्यनिष्टहरु एक हुने हो भने कम्तीमा देश र जनताका लागि केही गर्न सक्ने अवस्था त बन्थ्यो ? सत्ताका लागि जे पनि गर्ने कम्यूनिष्टहरु कसरी पुष्पलालका चेला हुन सक्छन र ?















