काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम बिहीबार पनि जारी रहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ३३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ। पछिल्लो गिरावटसँगै दुवै बहुमूल्य धातुको मूल्य थप सस्तिएको छ।

Leave a Reply