कलैया,आजदेखि सुरु भएको माध्यमिक शिक्षा परिक्षा(एसईई)को पहिलो दिन बारा जिल्लामा १ हजार ७ सय ६४ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।इसईईको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा संचालन भएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित्त इकाई प्रमुख अशोककुमार रौनियारका अनुसार साधारणतर्फ नियमितमा छात्रा ५७, छात्र ३८ गरि ९५ जना, साधारणतर्फ ग्रेड वृद्धिमा छात्रा ६४७, छात्र ९६६ गरि १ हजार ६१३ जना विद्यार्थी परीक्षामा अनुपस्थित बनेका छन ।
त्यसैगरी प्राविधिकतर्फ नियमितमा छात्रा १, छात्र ३ जना गरि ४ र प्राविधिकतर्फ ग्रेड वृद्धिमा छात्रा १६ र छात्र ३६ जना गरि ५२ जना गरि कुल १ हजार ७ सय ६४ जना परीक्षार्थी अनुपस्थित भएका हुन् ।
निमित्त ईकाइ प्रमुख रौनियारका अनुसार परीक्षामा साधारणतर्फ नियमितमा छात्रा ४ हजार २७२, छात्र ४ हजार १० गरि ८ हजार २८२ जना, साधारणतर्फ ग्रेड वृद्धिमा छात्रा २५५, छात्र १३१ गरि ३८६ जना, प्राविधिकतर्फ नियमितमा छात्रा ९६, छात्र २७५ जना गरि ३७१ र प्राविधिकतर्फ ग्रेड वृद्धिमा छात्रा ५ र छात्र ६ गरि ११ जना गरि कुल ९ हजार ५० जना परीक्षार्थी सहभागी बनेका छन ।
यस वर्ष बारा जिल्लाबाट एसईई परीक्षामा १०२ सामुदायिक तथा ५३ संस्थागत विद्यालयबाट कुल १० हजार ८ सय १३ जना विद्यार्थी एसईईमा सरिक छन । यो वर्ष बारा जिल्लामा ३० वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।
चैत २० गते शुक्रबार (भोलि) अनिवार्य नेपाली विषयको परिक्षा हुने निमित्त इकाई प्रमुख रौनियारले जानकारी दिनुभयो ।एसईईको पहिलो दिन जिल्लाभरि नै परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको पनि उहाँले जानकारी दिनुभयो ।



















