सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकामा दुई युवकबीच कुटाकुट हुँदा एकजना गम्भीर घाइते भएका छन् ।
पसलबाट सामान किनेर फर्किने क्रममा बहिनीको हात समातेर जिस्काएको विषयमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० स्थित कञ्चनपुर गाउँमा दुई युवकबीच कुटाकुट हुँदा एकजना युवकको टाउकोमा गम्भीर चोट लागेको हो । कञ्चनपुर बस्ने अख्बर मियाँको छोरी गुलवसा खातुनले पसलबाट सामान किनेर घर फर्किने क्रममा भारत बिहार घर भएका २२ वर्षीय युवक राजकुमार साहले हात समातेर जिस्काएको विषयमा मियाँ र उनका छोरा सर्फुल्लाले साहमाथि हातपात गरेका थिए ।
हातपात गर्ने क्रममा सर्फुल्लाले साहको टाउकोमा सिसाको बोतलले प्रहार गर्दा टाउकोमा गंभीर चोट लागेको प्रहरीले जनाएको छ ।
बोतल प्रहारबाट गम्भीर घाइते भएका साहलाई उपचारको लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज लगिएको बारा प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
साहमाथि हातपात गरेको आरोपमा मियाँ र उनका छोरा सर्फुल्लालाई प्रहरीले नियन्त्रणमा लिएर अस्थायी प्रहरी पोष्ट ईनर्वासिरामा राखी थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताउनुभयो ।