रौतहट २१ भदौ । रौतहट जिल्लाको सीमावर्ती क्षेत्रमा खुलेयाम रुपमा रक्सी पसल सञ्चालन रहे पनि स्थानीय प्रहरी प्रशासन मौन रहेका छन ।
खुल्ला सिमाना भएको कारण आपराधिक घटना हुन सकिने उच्च जोखिम हुदा हुदै पनि दश गाजा क्षेत्र नजिक र गौर भन्सार कार्यालयको मुख्य गेट नजिकै खुल्ला रुपमा रक्सी पसल हरु सञ्चालन गरेर विक्री बितरण गरी रहदा पनि प्रहरी कुनै चासो नदेखाई मुखदर्शकको रुपमा प्रस्तुत भई रहेको देखिएको छ ।
भन्सार कार्यालयको मुख्य गेट पूर्व तरफ दर्जनौ रकसी पसल सञ्चालन रहेको छ । भारतको बिहार राज्यमा मदिरा विक्री वितरण उत्पादनमा रोक लगाएपछि रौतहटको सीमावर्ती क्षेत्र ब्रह्मपुरी, लक्ष्मीपुर बेलबीछबा, गौर, महादेवपट्टी, औरैया, बंजरहा, लटमारी ,मठियामा भारतीय सीमामा रक्सी पसल सञ्चालन गरी घरेलु तथा स्वदेशी मदिराहरु विक्री वितरण गरिरहेको पाइएको छ ।
भारतीय सीमा देखि ५०० मीटरको दुरिमा रक्सी पसल खोल्न, विक्री वितरण गर्न नपाउने भनी निर्देशन हुदा हुदै सो कार्यलाइ स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकारले कुनै बस्ता गर्न सकेका छैन ।
भारतको विहार राज्यमा रक्सीमा प्रतिबन्ध लागेकोले भारतीय नागरिकहरु रक्सी सेवन गर्न नेपालमा आउने गरेको छ । खुल्ला सीमाको कारण जून सुकै ठाउ बाट नेपाल भित्र प्रबेश गर्ने भारतीय नागरिकले आवश्यकता भन्दा बढी रक्सी सेवन गरी झै झगडा , मारपीट , लूटपाट गरेको कति पय घटना भएको छ ।
केहि दिन देखि रौतहटको सीमावर्ती गाउंघरमा बच्चा चोरको सक्रियता बढेको देखिदा सीमा क्षेत्रमा सञ्चालन भएको रक्सी पसलहरु बंद गराउनु पर्ने जरुरी भएको स्थानियहरुको भनाइ रहेको छ ।