निजगढ,रा प्रहरीले बुधवार बिहान एक सय ५० किलो लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ चकरीका ४२ वर्षीय बुद्ध घलान, वडा नम्वर ८ का ३६ वर्षीय नन्दकिशोर सहनी, सोही ठाउँ बस्ने २८ वर्षीय वीरबहादुर डम्वा र हेटौंडा १५ रातोमाटेका २७ वर्षीय सोमलाल पाख्रिन रहेको बारा प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई निजगढको रतनपुरबाट बकुलियातर्फ जाने क्रममा पक्राउ गरेको हो । गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रतनपुर क्षेत्र विगत लामो समयदेखि गाँजाको ट्रन्जिटका रुपमा प्रयोग हुदैआएको छ । मकवानपुर र धादिङ्गमा उत्पादन भएको गाँजा तस्करहरुले रतनपुरमा ल्याएर बाराको सीमा नाकाबाट भारततर्फ लैजाने गरेका छन । यसअघि रतनपुरमा नेपाल र भारतका तस्करहरुले जमिन भाडामा लिएर ठूलो परिमाणमा गाँजा खेती गर्दैआएका थिए ।

Leave a Reply