विपी कोइरालाले कुनै बेला नेतृत्व गरेको नेपाली काँग्रेस, आफूलाई प्रजातन्त्रवादी पार्टीको रुपमा चिनाउन चाहान्छ । तर नेपाली काँग्रेस उसले भनेको जस्तो धेरै प्रजातान्त्रिक भने छैन ।जस्तो २०१७ सालमा तत्कालिन राजाले काँग्रेसमाथि प्रतिबन्ध लगाउदा काँग्रेसले केही वर्षपछि देशमा सशस्त्र संघर्ष नै गरेको थियो । त्यत्तिबेला केही मानवीय दर्दनाक घटना भए अनि बहुदल आएपछि कै कुरा गर्ने हो भनेपनि माओवादीले जनयुद्ध गर्दै गर्दा तत्कालिन राजासँग मिलेर देशमा संकटकाल लगाएर काँग्रेस नेतृत्वको सरकारले धेरै नागरिकहरुको हत्या गरेको थियो । भलै यसमा माओवादी पनि दोषी छ तर माओवादीभन्दा तत्कालिन काँग्रेस नेता शेरबहादुर देउवा नेतृत्वको सरकार सबैभन्दा बढी दोषि थियो । उनकै पालामा निकै अमानवीय हर्कत भएका छन् शाही सेनाको नाउँमा ।

अनि हालै भएको जेनजी आन्दोलनको दमनमा पनि काँग्रेसका संलग्नताको कुरा आएपछि अहिले पनि एमाले अध्यक्षसंगै काँग्रेसका नेता पनि पक्राउ परेका छन् ।नेपालको राजनीतिमा लामो इतिहास बोकेको काँग्रेस अब अहिले अप्ठेरो मोडमा छ । हुन त काँग्रेस जेनजी आन्दोलनपछि नै अप्ठेरो मोठमा पुगेको हो । गगनहरुले बिशेष महाधिवेशन भन्दै काँग्रेस कब्जा गरेपछि अप्ठेरो अवस्थामा पुगेको काँग्रेस चुनावमा अपेक्षाकृत परिणाम ल्याउन नसकेपछि झनै अप्ठेरो अवस्थामा छ ।

हुन त यो पार्टीमा फुटको कुरा सामान्य नै होला किनभने विगतमा पनि काँग्रेस विभाजन भएको इतिहास छ । पार्टी एक भएपछि काँग्रेसीहरु भने कहिल्यै एक भएनन् । अघिल्लो २०७९ को केही ठाउँमा पनि काँग्रेसीहरु एक अर्कालाई सिध्याउन लागि परेको कुरा काँग्रेसले नै भनेको छ अनि यसपालिको त करै नगरौं । मतले पनि त्यही देखाउँछ खैर अहिले पनि फेरि प्रमुख प्रतिपक्ष भनेको चैं काँग्रेस नै छ तर उसको यो आन्तरिक लडाइ कता मोडिएर सकिन्छ भन्ने ठेगान नभएकाले यो प्रतिपक्ष पनि के होला भन्ने संसय चंैं छ ।

Leave a Reply