कलैया,यातायात व्यवस्था कार्यालय कलैया बाराले चालु आर्थिक वर्ष २०८०÷८१ को सात महिनामा ३ करोड ४८ लाख ५३ हजार राजस्व संकलन गरेको छ ।बाराको कलैयामा गत मंसिर २५ गते यातायात ब्यवस्था कार्यालयको उद्घाटन भई पौष १२ गते देखि सञ्चालनमा आएको हो । त्यसयता कार्यालयले संचालनमा आएको सात महिनाको अवधीमा ३ करोड ४८ लाख ५३ हजार ३ सय ८६ रुपैया राजश्व संकलन गरेको जनाएको छ ।कार्यालयले राजस्व शिर्षकको यातायात आम्दानीमा १४ लाख ७८ हजार २५० रुपैया, अन्य प्रशासनिक सेवा शुल्कमा १६ हजार पाँच सय, चालक अनुमती पत्र, सवारी दर्ता किताब सम्बन्धि दस्तुरमा एक करोड १९ लाख चार हजार ५१० रुपैया र सवारी साधन करमा दुई करोड १४ लाख ५४ हजार १२६ गरी जम्मा ३ करोड ४८ लाख ५३ हजार ३८६ रुपैया राजश्व संकलन गरेको यातायात कार्यालय कलैयाका प्रमुख महम्मद नवाज हुसैनले जानकारी दिनुभयो ।
















