निजगढ,निजगढ नगरपालिकाका ६ वर्षिय रेवक माझीसहित ४ जना खेलाडीले भारतको सिलगुडीमा हालै सम्पन्न प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा स्वर्ण पदक जितेका छन ।प्रतियोगितामा निजगढ ९ स्थित जनज्योति आधारभूत विद्यालय तेक्वाण्डो डोजाङ्गका खेलाडी रेवकसहित सृजला कार्की, शेख नदीम हुसेन र सचिन योञ्जनले स्वर्ण पदक जितेका हुन ।

रेवकले २१ केजी समुह, कार्कीले महिलातर्फ ३७ केजी र नदिमले ४५ केजी तथा योञ्जनले ४८ केजी समुहमा स्वर्ण जितेका हुन । सृजला, नदिम र सचिन निजगढ ८ स्थित गौरीशंकर मावि निजगढमा अध्ययन गर्ने विद्यार्थी हुन भने वर्ष ६ का रेविक निजगढ ७ को विद्यासागर इङ्गलिस स्कुलमा अध्ययनरत छन ।प्रतियोगितामा सहभागी भएका जनज्योति डोजाङ्गका सबै खेलाडीले स्वर्ण पदक हात पारेको डोजाङ्ग प्रमुख एवंम टिम कोच राजु माझीले जानकारी दिनुभयो ।२१ केजी समुहमा स्वर्ण जित्ने माझी निजगढ ७ का तेक्वाण्डो प्रशिक्षक राज माझीका छोरा हुन । उनी हाल कक्षा १ मा अध्ययनरत छन । उनले ४ वर्षको उमेरदेखि नै तेक्वाण्डोको अभ्यास थालेका थिए । रेविकले यसअघि स्थानीय र राष्ट्रिय स्तरका दर्जनौं प्रतियोगता खेलिसकेका छन ।

रेविकको खेल नजिकबाट अवलोकन गर्नुभएका जिल्ला खेलकुद विकास समिति बाराका प्रमुख हेमलाल श्रेष्ठले उनी प्रतिभाशाली र शंभावना बोकेको खेलाडी भएको बताउनुभएको छ । कम उमेरमा पनि तेक्वाण्डो खेलप्रति रेविकको बेजोड सीप र क्षमता रहेको पनि उहाँले बताउनुभयो । प्रतियोगितामा स्वर्ण पदक जित्ने अन्य खेलाडीहरु पनि अब्बल दर्जामा पर्ने जिल्ला खेलकुद विकास समितिका प्रमुख श्रेष्ठको भनाई छ ।निजगढका खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सो सफलता उत्साहाजनक भएको भन्दै उहाँले निजगढमा प्रतिभाशाली र शंभावना बोकेका खेलाडीहरु रहेकाले खेलाडीहरुको मनोवल र क्षमताको थप विकासको लागि स्थानीय तहसहित विभिन्न संघसंस्था र खेलप्रेमीहरुले सहयोग गर्र्नुपर्ने पनि उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here