काठमाडौं महानगरपालिाकाको प्रमु्ख हुँदा राम्रो काम गरेर वाही वाही कमाएपछि बालेन शाहले राष्ट्रिय राजनीतिमा आउने हिम्मत मात्र गर्नु भएन, उहाँले देशकै कार्यकारी प्रमुख हुने लक्ष्य राख्नुभयो र अन्ततः उहाँ करिब एक महिनादेखि नेपालको प्रधानमन्त्री पदमा रहनु भएको छ ।
बालेन शाहको नेतृत्वमा सरकार बनेको पनि एक महिना लगभग हुनै लाग्यो नै तर यसमा यो सरकार सफल वा असफल के भयो भनेर अहिले नै समीक्षा गर्ने बेला त भएको छैन होला । तर सरकारले एकैचोटि धेरै क्षेत्रमा हात हालेर जनतामा केही गर्न खोजेको भान भने दिएको छ ।
यही अवधिमा सरकारका केही मन्त्रीहरु भने निकै विवादित पनि बने । एकजना मन्त्रीको त पद नै गयो अनि अर्का मन्त्रीको बारेमा अहिले निकै चर्को बहस भइरहेको छ । अहिले गृहमन्त्री रहेका र निकै सुशासनको रटान लगाउने व्यक्ति सुदन गुरुङ्ग नै विवादमा परेपछि भने प्रधानमन्त्री बालेनको नैतिकतामाथि नै प्रश्न उठेको छ ।सुदन जेजजी आन्दोलन र मन्त्रिपरिषदका महत्वपूर्ण पात्रका रुपमा रहेका व्यक्ति पनि भएका नाताले उहाँ विवादमा आउनु भनेको सिंगो सरकारलाई नै असर पर्नु स्वभाविक पनि हो ।
अरुलाई नैतिकताको पाठ सिकाउने व्यक्ति आफै नैतिकताको कसीमा घोटिनु परेपछि भने उसको वास्तविक हैसियत देखिन्छ । आरोप लाग्दैमा कुनै पनि व्यक्ति दोषी हुने कुरा आउदैन तर नैतिकताको कसीमा भने जो कोही भए पनि आउनु नै पर्दछ ।अब गृहमन्त्री सुदनको विषयमा विवाद आएपछि स्वयम् प्रधानमन्त्री बालेन शाहले नै असली नैतिकता देखाउन आवश्यक छ । नत्र उहाँको नैतिकता र इमानदारितामाथि पनि प्रश्न उठ्ने नै छ ।

















