निजगढ,निजगढ १० को लालमा सम्पन्न तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि निजगढ ११ को रतनपुर युनाइटेड क्लबले हात पारेको छ ।

शनिवार भएको अन्तिम खेलमा रतनपुरले वीरगञ्ज युनाइटेड क्लबलाई ४–२ ले हराउँदै उपाधि जितेको हो । जितसंगै रतनपुरीले २ लाख २ हजार २ सय २ रुपैया नगद पुरस्कार र ट्रफी हात पारेको छ । उपविजेता वीरगञ्जले भने १ लाख १ हजार १ सय १ रुपैयामै चित्त बुझाएको छ ।
लालस्थित बुद्धचोक मिनी खेलमैदानमा भएको उपाधि भिडन्तमा रतनपुरका लागि राष्ट्रिय टोलीका स्टाइकर समिर तामाङ र आनन्द गुरोले समान दुई–दुई गोल गरेका थिए । वीरगञ्जको लागि भने सागर चौधरी र बिक्रम लामाले समान १÷१ गोल फर्काएका थिए ।
रतनपुरका समिर तामाङ फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उनले त्यसवापत नगद २ हजार र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षकको उपाधि रतनपुरका अभिषेक चौधरी घोषित हुँदा सर्वाधिक गोलकर्ताको वीरगञ्जका सागर चौधरी र रतनपुरका आनन्द गुरोले संयुक्त रुपमा हात पारे । प्रतियोगितामा उनीहरु दुबै जनाले ४÷४ गोल गरेका थिए । उत्कृष्ट घोषित सबैले ५–५ हजारको दरले पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने योङ स्टार युनाइटेड क्लबका सुदिप मोक्तान घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी प्राप्त गरेका थिए । उदियमान खेलाडी पनि योङ स्टार कै पाल्देन लामा बने । त्यसवापत उनलाई एउटा साइकल पुरस्कार दिइएको थियो ।

विजयी टिम तथा खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष दावा लामा, निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरीलगायतले योङ स्टार युनाइटेड क्लब, निजगढ– १०, लालको आयोजनामा सम्पन्न प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply