निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको शनिबार आयोजना गर्न लागिएको २२ औं बार्षिक साधारण सभाको तयारी पूरा भएको छ । संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमले बिहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजाना गरी साधारण सभाको तयारी पुरा भएको जानकारी दिनुभएको हो । पत्रकार सम्मेलमा बोल्दै अध्यक्ष गौतमले अघिल्ला वर्षमा संस्थाले संचालन गरेका गतिविधिबारे पनि जानकारी गराउनुभएको थियो ।
सो अवसरमा संस्थाले नि ःशुल्क स्वास्थ्य शिवीर, रक्तदान, नगर स्तरीय सरसफाइ तथा वातावरण संरक्षण जस्ता कार्यहरु आयोजना गरेको गौतमले जानकारी दिनुभयो । त्यसैगरी अग्नि, बाढी, भुकम्प, हावाहुरी जस्ता प्रकृतिक प्रकोप पीडितलाई वित्तिय तथा गैरवित्तिय सहयोग उपलब्ध गराउनुको साथै सगरमाथा छात्रृ वृत्ति अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण, निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सक्तेश्वर शिवशक्ति आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण, निजगढ दुबई छात्रबृत्ति कोष, गौरीशंकर छात्र वृत्ति कोषबाट ५०÷५० हजारको छात्र वृत्ति, सार्वजनिक स्थलमा खानेपानी ट्यांकी निर्माण, जेष्ठ नागरिक तिर्थाटन सम्मान कार्यक्रम, जेष्ठ नागरिक सम्मान तथा पुरस्कार वितरण, विद्यालयहरुमा सहकारी कार्यक्रम संचालन जस्ता सामाजिक कार्यहरु गरेको जानकारी गराइएको थियो ।
२०५७ साल दर्ता भइ २७ जना शेयर सदस्यहरुको कुल शेयर पूँजी ११ हजारबाट सुरु गरिएको सगरमाथा सहकारीमा अहिले १ हजार ४ सय १५ जना शेयर सदस्यहरुको १ करोड १९ लाख ८६ हजार ५ सय शेयर पूँजी र कुल कारोबार ८ करोड ९ लाख ३३ हजार ३ सय ४८ रुपैया रहेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकार गोकुल घोरसाइने, जितलाल श्रेष्ठ, लक्ष्मी पाण्डे, प्रल्लाद तिमल्सिना, प्रभातकुमार तिमल्सिना र प्रकाश श्रेष्ठ लगायतको उपस्थित गरेको थियो ।
संस्थाका सचिव वोधनाथ चौलागाईले संचालन गर्नुभएको सो कार्यक्रममा संस्थाकी उपाध्यक्ष रमा मैनाली, कोषाध्यक्ष बच्चुराम लामिछाने, सदस्यहरु प्रह्लाद रिमाल, हरिमाया पोखरेल, सीता रिसाल र व्यवस्थापक सूर्यप्रसाद तिमल्सिना, लेखापाल विपिन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।