वीरगन्ज,जिल्ला प्रहरी कार्यालय बाराले जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ बेलहिया टोल निवासी २५ वर्षीय श्यामसुन्दर साह तेलीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

१७ वर्षीया बालिकालाई ललाई फकाई पटक÷पटक जबरजस्ती करणी गर्नुका साथै पीडितको जबरजस्ती गर्भपतन समेत गराएको पुष्ठि भएपछि श्याम फरार थिए ।

वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले लुकिछिपि बसेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।

उनी उपर जबरजस्ती करणी तथा गर्भ पतन मुद्दामा जिल्ला अदालत बाराबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बोगटीले बताउनुभयो ।

Leave a Reply