बारा जिल्लामा पनि अनुचित आर्थिक लेनदेन अथवा मिटरब्याजीको समस्या भयाभह रहेको कुरा सरकारी अधिकारीले बताएका छन् । बाराका प्रमुख जिल्ला अधिकारीले नै यसो भनेपछि बारामा यस्ता लेनदेनका घटनाहरु धेरै नै भएको अनुमान स्पष्ट हुन्छ ।त्यसो त बारामा के कसरी यस्ता घटनामा बढोत्तरी आयो अथवा यसरी मिटरब्याजीमा रकम लिनेहरु बढे भन्नेमा पनि समीक्षा हुन आवश्यक छ । मिटरब्याज भनेपछि ऋणसंग जोडिने विषय भयो ।ऋण लिने भन्ने कुरा कसैले पनि कसैमाथि जवरजस्ति लाद्ने कुरा होइन । कसैका लागि रकम आवश्यक परेपछि लिनु बाध्यता होला तर यसरी रकम लियो भन्दैमा कीर्ते तमसुक बनाउने अनि साँवाको दोब्बरभन्दा बढी रकम असुल्ने कार्य यसैपनि अपराध हो र मिटर ब्याज त त्यसै हुने नै भयो । तर, लामो समय ऋण लिएर नततिरेपछि भने यस्तो अवस्थामा मिटरब्याज भन्न पाइदैन । समयमा नतिरेपछि यो यसैपनि ब्याजको स्याजको’रुपमा पनि रहने हँुदा ऋण लिनेले पनि बेलैमा सचेतना अपनाउनुपर्छ ।तर, व्यवहारमा यस्तो भएको देखिदैन । ऋण पाएपछि लिने अनि नतिर्ने बानीका कारण पनि मिटर ब्याजको कुरा आएको हो । ऋण लिने विषयमा पनि ऋणी स्वयम् गम्भीर बन्न आवश्यक थियो तर मनलाग्दी लिएपछि अहिले समस्या भएको हो । मिटरब्याजको रुपमा यसरी रकम लिने कार्य अबैध भएपनि ऋण लिने कार्य पनि राम्रो चैं होइन । त्यसैले पहिला कसरी यत्तिको धेरै मिटरब्याजी पीडितहरु बारा जिल्लामा बढे भन्ने विषयमा समीक्षा हुन आवश्यक छ ।

Leave a Reply