वीरगञ्ज । बालेन शाह विजयी भएको अवसरमा वीरगञ्जबाट काठमाडौँ बनेपा र धुलिखेलसम्म सञ्चालन हुँदै आएको साह यात्री बसले टिकटमा विशेष छुटको घोषणा गरेको छ ।बस सञ्चालक जगरनाथ साहका अनुसार आजको मितिदेखि आगामी १५ दिनसम्म बसको टिकटमा १५ प्रतिशत छुट प्रदान गरिनेछ ।
साह यात्री बस वीरगञ्ज–काठमाडौँ रुटमा सञ्चालन हुने आधुनिक सुविधासम्पन्न बसमध्ये एक रहेको बताइएको छ । १२ मिटर लम्बाइको बसमा २ बाई १ सिट व्यवस्था गरिएको छ भने जम्मा २७ सिट मात्र रहेको कम्पनीले जनाएको छ । यस्तो सुविधायुक्त बस सेवा नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको दाबी सञ्चालकले गरेका छन् ।बसको टिकट तथा थप जानकारीका लागि वीरगञ्ज सम्पर्क नम्बर ९८०२५९२४९२ र काठमाडौँ सम्पर्क नम्बर ९८०२५९२४५१ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।


















