मनोज शाह
जीतपुर,नेकपा एमालेका दलित अगुवा तथा युवा नेता सुन्दर विश्वकर्मा यतिबेला घरदैलो जनसम्पर्क अभियानमा सक्रिय देखिनुभएको छ ।जिल्लाका विभिन्न गाउँ र शहर बजार पुगेर उहाँले दलित समुदायका सर्वसाधारण मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले पार्टीलाई जिताउने अभियानलाई तीव्र बनाउनुभएको हो ।

दलित समुदायलाई एकताबद्ध बनाउने उद्देश्यसहित अगाडि बढेका विश्वकर्माले जनसम्पर्कका क्रममा पार्टीको नीति, कार्यक्रम र दलित हितका एजेन्डाबारे जानकारी गराइरहनुभएको छ । “दलित समुदायको अधिकार, सम्मान र समृद्धिका लागि एमाले नै भरोसाको पार्टी हो,” भन्ने सन्देश घरघरमा पु¥याइएको उहाँले जानकारी दिनुभयो ।घरदैलो अभियानका क्रममा स्थानीय दलित अगुवा, युवा तथा बुद्धिजीवीहरूसँग छलफल गर्दै विश्वकर्माले संगठन सुदृढीकरणमा जोड दिनुभएको छ । उहाँले दलित समुदायको शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राख्दै पार्टीलाई अझ बलियो बनाउने संकल्प व्यक्त गर्नुभएको छ । उहाँको सक्रियता र निरन्तर जनसम्पर्क अभियानले दलित समुदायमा उत्साह थपिएको छ भने नेकपा एमाले पार्टीप्रति विश्वास झन् मजबुत हुँदै गएको स्थानीयवासीहरूको भनाई छ ।

Leave a Reply