निजगढ,बाराको निजगढमा प्रथम निजगढ सिटीस्तरीय तेक्वान्दो च्याम्पियनसिप शनिवार साँझ सम्पन्न भएको छ ।च्याम्पियनसिपमा २३ पदकसहित निजगढ ७ को नेत्रोदय मावि डोजाङ्ग प्रथम भएको छ । नेत्रोदयले १२ गोल्ड, ५ रजत र ६ कास्य पदक हात पार्दै उपाधि जितेको हो ।त्यसैगरि ११ पदकसहित निजगढ ९ को जनज्योती व्दितीय डोजाङ्ग भएको छ । उसले २ गोल्ड, ४ रजत र ५ कास्य पदक जितेको हो ।त्यसैगरि निजगढ ७ को सत्यश्वर ७ पदकसहित तृतीय भएको छ । उसले २ गोल्ड, १ रजत र ४ कास्य पदक जितेको छ ।बारा जिल्ला तेक्वान्दो संघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ सुदिप लामा र महिलातर्फ बेस्ट फाईटरमा सृष्टि लामा घोषित भए । उनीहरुले ट्रफी हात पारेका छन् ।३० केजी तौल समुहमा सत्यश्वर तेक्वान्दो डोजाङ्गका पासाङ्ग लामा प्रथम, नेत्रोदय तेक्वान्दो डोजाङ्गका रोशन आलेमगर दितृय र जनज्योती तेक्वान्दो डोजाङ्गका अन्जन लामा तृतीय भए । नेत्रोदय तेक्वान्दो डोजाङ्गका कुशल थापा तृतीय भए ।त्यसैगरि ३३ केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका समिर आले मगर प्रथम, प्रिन्स माझी दितृय र सत्यश्वर तेक्वान्दो डोजाङ्गका समिप लामा तृतीय र जनज्योती तेक्वान्दो डोजाङ्गका जेम्स विक तृतीय भए ।त्यसैगरी ३६ केजी तौल समुहमा सिङ्गौल तेक्वान्दो डोजाङ्गका यामी लोप्चन प्रथम, कोल्हबी तेक्वान्दो डोजाङ्गका मानवी चौधरी व्दितीय र नेत्रोदय तेक्वान्दो डोजाङ्गका सलिना आले मगर र सिङ्गौल तेक्वान्दो डोजाङ्गका फुलमाया मोक्तान व्दितीय भए ।त्यस्तै ३८ केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका समर्पण नेपाली प्रथम, कोल्हवी तेक्वान्दो डोजाङ्गका रिसव चौधरी व्दितीय र सिङ्गौल तेक्वान्दो डोजाङ्गका समिल लामा र जनज्योती तेक्वान्दो डोजाङ्गका क्रिशिचयन मगर तृतीय भए ।४० केजी तौल समुहमा भने नेत्रोदय तेक्वान्दो डोजाङ्गका अनिशा दर्लामी प्रथम, जनज्योती तेक्वान्दो डोजाङ्गका श्रीजला कार्की दितृय कोल्हवी तेक्वान्दो डोजाङ्गका पार्वती मैनाली तृतीय र सिङ्गौल तेक्वान्दो डोजाङ्गका सुस्मिता तिमाल्सिना तृतीय भए ।त्यस्तै ४२ केजी तौल समुहमा सत्यश्वर तेक्वान्दो डोजाङ्गका सुदिप लामा प्रथम, नेत्रोदय तेक्वान्दो डोजाङ्गका रेगन बोहोरा व्दितीय र सिङ्गौल तेक्वान्दो डोजाङ्गका प्रभास खडका र कोल्वीका तेक्वान्दो डोजाङ्गका संतोष कार्की तृतीय भए ।४३ केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका सन्दिशा थापा मगर प्रथम, कोल्हबी तेक्वान्दो डोजाङ्गका प्रसंशा चौधरी व्दितृय सिङ्गौल तेक्वान्दो डोजाङ्गका सजिता पाठक र सत्यश्वर तेक्वान्दो डोजाङ्गका गरिमा रिसाल तृतीय भए ।त्यस्तै ४५ केजी तौल समुहमा नेत्रोदय तेक्वान्दो डोजाङ्गका अनुपम मैनाली प्रथम, कोल्हबी डोजाङ्गका कणैय दास व्दितृय नेत्रोदय तेक्वान्दो डोजाङ्गका रविण तामाङ्ग र कोल्हवी तेक्वान्दो डोजाङ्गका गरिमा संदिप थारु तृतीय भए ।४८ केजी तौल समुहमा जनज्योती तेक्वान्दो डोजाङ्गका अनिश दर्लामी प्रथम, र अस्विन लामा, सिङ्गौल तेक्वान्दो डोजाङ्गका सरोज दर्लामी व्दितीय, सिङ्गौल तेक्वान्दो डोजाङ्गका र कोल्हबी तेक्वान्दो डोजाङ्गका राजिव अचार्य तृतीय भए ।५१ केजी तौल समुहमा कोल्हबी तेक्वान्दो डोजाङ्गका कमान लामा प्रथम, र अस्विन लामा, सिङ्गौल तेक्वान्दो डोजाङ्गका सरोज दर्लामी व्दितीय सिङ्गौल तेक्वान्दो डोजाङ्ग र कोल्हवी तेक्वान्दो डोजाङ्गका राजिव अचार्य तृतीय भए ।त्यसैगरी पुम्से पुरुष खेलाडीको प्रतिस्पर्धामा जनज्योतीका अस्बिन लामा (६.६) प्रथम भए । सिंगौलका सरोज दलार्मी (६.५) दितृय र नेत्रोदयका आरब कौचा मगर (५.६) तृतीय र कोल्हबीका रिसब चौधरी सान्त्वना भए ।त्यसैगरी पुम्से समुहगत प्रतियोगितामा सिंगौलका बिनिमाया मोक्तान÷सरोज दर्लामी ((६.५) प्रथम भए, नेत्रोदयका श्रष्मिन थापा÷समिप गौतम (६.२) दितृय, नेत्रोदयका सन्दिशा थापा÷समपर्ण नेपाली (६) तृतीय र जनज्योतीका अस्मिन लामा÷सन्जिता वाईवा (५.५) सान्त्वना भए ।समापन समारोहमा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गको प्रमुख अतिथ्यता रहेको थियो ।प्रतियोगिताको विजेता खेलाडीलाई उपप्रमुख थिङ्ग, वडा नं ८ वडा अध्यक्ष स्वर्ण लामा, ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ, बारा जिल्ला तेक्वान्दो संघका अध्यक्ष नन्दु लामा, निजगढ नगर कमिटी तेक्वान्दो विकास समितिका अध्यक्ष मानध्वज लामा, पत्रकार महेश्वर अधिकारी लगायतले मेडल, प्रमाण पत्र प्रदान गरेका थिए ।बारा जिल्ला तेक्वान्दो संघका अध्यक्ष नन्दु लामाको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन संघका सचिव दिपककुमार खड्का र धनु सिंजालीले गरेका थिए ।‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित निजगढ– ८ स्थित कभर्ड हलमा दुई दिनसम्म च्याम्पियनसिप सञ्चालन भएको थियो ।समापन सामरोहमा बोल्दै उपप्रमुख थिङ्गले महिलाहरुको आत्मरक्षाका लागि तेक्वान्दो खेल उपयोगी रहेको बताउनुभयो ।
च्याम्पियनसिपमा निजगढ र कोल्हबी नगरपालिकाका एक सय जना खेलाडीको सहभागिता रहेको थियो ।

Leave a Reply